रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्र गुल्मी–२ को धुर्कोटमा भेटघाटका क्रममा लडेर सामान्य घाइते भएका छन् ।
निर्वाचन क्षेत्रका नागरिकसँग भेटघाट तथा छलफलमा रहेका सांसद पन्थी अचानक लड्न पुगेका हुन् । उनलाई तत्काल धुर्कोट आधारभूत अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
रास्वपा धुर्कोटका सभापति राजेन्द्र पोख्रेलका अनुसार सांसद पन्थी उपचार तथा निरीक्षणपछि नियमित भेटघाटका कार्यक्रममै फर्किएका छन् ।