Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

डा. केसीको अनशनप्रति शिक्षामन्त्रीको चासो, माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता

डा. केसीको अनशनप्रति शिक्षामन्त्रीको चासो, माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता

शुक्रवार , श्रावण ८, २०८३

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र डा. केसीका सहयोगी डा. अमृत जैसीबीच छलफल भएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष तथा गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) मा गरिएको नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राखेर डा. केसी धनगढीमा अनशनरत छन् ।

डा. अमृतका अनुसार शुक्रबार साँझ करिब ६ बजे शिक्षामन्त्री पोखरेलले फोन गरेर डा. केसीका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।

'शिक्षामन्त्रीज्यूको फोन आएको थियो । डा. केसीका पाँच मागमध्ये तत्काल सम्बोधन गर्नुपर्ने तीनवटा मागबारे जानकारी गराएँ,' डा. अमृतले भने, 'मन्त्रीज्यूले सर अनशन बस्नुपर्ने अवस्था आउन नहुने थियो, तर आयो। सकेसम्म उहाँका माग पूरा गर्न पहल गर्छौं, अनशन लामो समय जान दिन हुँदैन। आवश्यक परे म आफैं भोलि धनगढी आउँछु भन्नुभएको छ।'

यद्यपि शिक्षामन्त्री पोखरेल र डा. केसीबीच भने प्रत्यक्ष कुराकानी हुन नसकेको डा. अमृतले जानकारी दिए।
डा. केसीको तर्फबाट आफूले मन्त्रीसमक्ष तीनवटा माग तत्काल पूरा हुनुपर्ने विषय राखेको डा. अमृतले बताए।

उनका अनुसार पहिलो मागका रूपमा स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी चिकित्सा शिक्षा आयोग तथा गेटा मेडिकल कलेजका उपकुलपति र रजिस्ट्रारमा गरिएका नियुक्ति खारेज गर्नुपर्ने माग अघि सारिएको छ।

दोस्रो, गेटामा ३०० शय्याको अस्पताल तत्काल सञ्चालनका लागि मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने माग रहेको छ।

तेस्रो, गेटामा चिकित्सा शिक्षा अध्ययन ९एमबीबीएसलगायत शैक्षिक कार्यक्रम० सुरु गर्ने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने माग राखिएको छ।

डा. केसी बिहीबार दिउँसो धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका थिए। खुट्टाको शल्यक्रिया गरेको केही समयपछि दार्चुलासम्मको यात्रा गरेर फर्किएका डा. केसी धनगढी पुगेलगत्तै सत्याग्रहमा बसेका हुन् । तर उनको सत्याग्रहको सुदूरपश्चिममा सर्वत्र विरोध भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077