Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शिक्षामन्त्रीको आग्रह- कतैबाट राजनीतिक दबाब आए मलाई जानकारी गराउनुस्

शिक्षामन्त्रीको आग्रह- कतैबाट राजनीतिक दबाब आए मलाई जानकारी गराउनुस्

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालका विश्वविद्यालयमा कायम रहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उनले आगामी चार वर्षभित्र विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने लक्ष्यसहित आवश्यक सुधार अघि बढाइने बताएका हुन् ।

मन्त्री पोखरेलले भने- 'विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ । अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, योग्यताका आधारमा निर्माण हुनेछ । विश्वविद्यालयमा अब कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन । कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन् । यदि कुनैपनि प्रकारको राजनीतिक दबाब आयो भने शिक्षामन्त्रालयलाई तुरुन्त जानकारी गराइदिनुहोस्।' 

विश्वविद्यालय सभाका उपाध्यक्ष एवं सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी)का आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने स्पष्ट पारे ।

विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गरे ।

साथै मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077