काठमाडौं। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से दोहोरो अंकले बढेको छ।
दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १४.१७ अंकले बढेर बन्द भएको हो ।
नेप्से बुधबार १३.९५ अंकले घटेको थियो। मंगलबार ७.२५ अंकले बढेको थियो भने सोमबार पनि ४१.७० अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.५२ प्रतिशतले बढ्दै नेप्से २७२६.७२ विन्दुमा रोकिएको छ।
नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
नेप्सेमा आज ३३८ कम्पनीको ५७ हजार ७२८ पटकको कारोबारमा एक करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच भए। जसअनुसार चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँको कारोबार भयो।
नेप्सेमा पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँको कारोबार भएको थियो। मंगलबार ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भएको थियो। यसैगरी सोमबार भने पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १५३ कम्पनीका सेयरमूल्य बढे। १११ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा लगानी र अन्य समूहको सूचक घट्दा बाँकी ११ समूहका सूचक बढे।
यसैगरी नेप्सेमा वाणिज्य बैंक ०।३८‚ विकास बैंक ०.७४‚ फाइनान्स ०.२७‚ होटेल तथा पर्यटन ०.९९ र जलविद्युत् समूहको सूचक १.२२ प्रतिशतले बढ्यो भने लगानी समूहको सूचक ०.४२ प्रतिशतले घट्यो।
यसैगरी जीवन बिमा ०.२९‚ उत्पादन तथा प्रशोधन ०.३१‚ लघुवित्त ०.१३‚ म्युचुअल फन्ड ०.५३ र निर्जीवन बिमा समूहको सूचक ०.६४ प्रतिशतले बढ्यो। यस्तै अन्य समूहको सूचक ०.०८ प्रतिशतले घट्दा व्यापार समूहको उपसूचक भने २.५८ प्रतिशतले बढ्यो।
नेप्सेमा बिहीबार एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १४।९९ प्रतिशतले आम्दानी गरे। यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले सेयरमूल्य गुमाए। अर्थात् यसको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको २८ करोड ३३ लाख १९ हजार १४४ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो। बिहीबार यसको सात लाख १९ हजार २५९ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३८६.५० रुपैयाँ कायम रह्यो।