Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाँचबुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरू गरे अनशन

पाँचबुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरू गरे अनशन

बिहिवार , श्रावण ७, २०८३

धनगढी । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा। डा। गोविन्द केसीले पाँचबुँदे माग अघि सार्दै कैलालीको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्।

धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकको श्रीकृष्ण मन्दिर धर्मशालामा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रूपमा सत्याग्रह सुरु भएको घोषणा गरेका हुन्।

साउन ५ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई दिएको समयसीमा सकिए पनि कुनै ठोस पहल नभएपछि अनशनमा बस्न बाध्य भएको उनले बताए।

डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन, चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गैरनाफामूलक सार्वजनिक सेवाका रूपमा सञ्चालन, निजी मेडिकल कलेजमा सिट वृद्धि र छात्रवृत्ति कटौतीसम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन्। साथै, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका विवादित नियुक्ति बदर गर्न तथा विश्वविद्यालयलाई राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन्।

उनले सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार गर्न, साथै हत्या, आगजनी, लुटपाट र भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि सरकारसँग माग गरेका छन्।

सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको र चिकित्सा शिक्षा सुधारप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै डा. केसीले माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077