Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गेटामा मेडिकल विश्वविद्यालय सफल हुँदैन, कलेज उपयुक्त हुन्छ : डा. गोविन्द केसी

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालयको योजना फेल हुने दाबी गरेका छन् ।

सोमबार धनगढीको कृष्णमन्दिर धर्मशालामा अनसन तोडेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सरकारले मेडिकल विश्वविद्यालयका नाममा अलमल्याउन मात्र खोजेको बताए ।

विश्वविद्यालयका लागि पूर्वसम्भाव्यता अध्ययन गर्नुपर्ने, ठूलो लगानी र जनशक्ति चाहिने भएकाले तत्काल सम्भव नदेखिएको उनले बताए ।

यदि विश्वविद्यालयको योजना सफल नभएमा सुदूरपश्चिमका सर्वसाधारणले दुख पाउने उनको भनाइ छ । विश्वविद्यालयको योजना फेल हुने भन्दै केसीले भने, ‘फेल भइसकेपछि कहाँ जाने, फेरि मेडिकल कलेजमा जाने, प्रतिष्ठानमा जाने, यो सुदूरपश्चिमका जनतालाई धोका हुन्छ, अस्पताल पनि सञ्चालन नगर्ने, सेवा नै नदिने मनसाय देखिन्छ ।’

सुदूरपश्चिममा ३०० शय्याको अस्पताल र मेडिकल कलेज उपयुक्त हुने उनको दाबी छ । स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेका उनले धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् ।

उनी आजै थप उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077