Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती सरकारमा विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

बागमती सरकारमा विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

बिहिवार , श्रावण ७, २०८३

हेटौँडा । बागमती प्रदेश सरकारका विना विभागीय मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रिक्त रहेका तीन मन्त्रालयमा कांग्रेसका विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका हुन्।

मुख्यमन्त्री बानियाँले विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय तथा उर्मिला नेपाललाई कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यसअघि कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आफ्नो जिम्मेवारी सम्हाल्दै आएका छन्।

साथै, मुख्यमन्त्री बानियाँले मन्त्रालयको कार्यविभाजनसहितको सिफारिस प्रदेश प्रमुखसमक्ष पठाएका छन्।

यसअघि प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेपछि एमालेका तीन मन्त्रीले मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने तीन जना विनाविभागीय मन्त्रीका रूपमा कार्यरत थिए।

तर, कांग्रेसले सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि बुधबार एमालेका ६ मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।

साथै एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077