Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

मन्त्रालय संख्या ८ मा झार्दा बागमतीका ६ मन्त्री बिना विभागीय, को-को हुन ?

मन्त्रालय संख्या ८ मा झार्दा बागमतीका ६ मन्त्री बिना विभागीय, को-को हुन ?

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गर्दै मन्त्रीहरूको नयाँ कार्यविभाजन गरेको छ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ बमोजिम शुक्रबार नयाँ कार्यविभाजन स्वीकृत गरेका हुन्।

मन्त्रालयको संख्या घटाइए पनि मन्त्रिपरिषद्को सदस्य संख्या भने यथावत् १४ नै राखिएको छ। नयाँ संरचना अनुसार छ जना मन्त्रीलाई हालका लागि विभागीय जिम्मेवारी नतोकी बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ।

हालका लागि बिना विभागीय बनाइएका मन्त्रीहरूमा किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा तथा बिनुकुमारी रायमाझी पौडेल रहेका छन्।

यसैगरी नयाँ जिम्मेवारीअनुसार मधुसूदन पौडेलले कृषि, पशुपन्छी, वन तथा वातावरण, शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी, कञ्चनचन्द्र वादेले स्वास्थ्य तथा सामाजिक विकास, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास, प्रभात तामाङले आर्थिक मामिला तथा योजना, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ तथा बिन्दु श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रालयको संख्या घटाएर प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्य राखिएको सरकारले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पूरा भएपछि बिनाविभागीय मन्त्रीहरूलाई आवश्यकताअनुसार जिम्मेवारी दिने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077