Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको हो ।

बागमती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो। प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।

ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो।

जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको एक सय ८० दिन पुगेकाले त्यस वर्ष पहिलो प्रदेश भाषा दिवस मनाइएको वाग्मती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077