Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

बागमती सरकारद्वारा समस्याग्रस्त सहकारीका ४२ बचतकर्तालाई १७ लाख रकम फिर्ता

बागमती सरकारद्वारा समस्याग्रस्त सहकारीका ४२ बचतकर्तालाई १७ लाख रकम फिर्ता

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई बचत फिर्ता गर्न सुरु गरेको छ।

मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रबाट ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन्।

प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो ।

सोहीअनुसार प्रदेश सरकारले सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई पहिलो चरणमा बचत फिर्ता गर्न थालेको हो ।

मुख्यमन्त्री बानियाँका अनुसार समस्याग्रस्त पाँच सहकारीका १४ हजार ६४ जना बचतकर्ताले २२ अर्ब ३८ करोड रुपैयाँ बचत फिर्ताको माग गरेका छन्। ती सहकारीमा ५१ हजार १९० सदस्यको कुल ३१ अर्ब ६ करोड रुपैयाँ बचत रहेको उनले बताए।

‘बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले भने- 'पाँच समस्याग्रस्त सहकारीका १४ हजार ६४ जनाको माग दाबी छ । सहकारी दाबीकर्ता सहकारी वचतकर्ता सदस्यहहरू ५१ हजार १ सय ९० जना हुनुहुन्छ । उहाँहरूले २२ अर्ब ३८ करोड रुपैयाँ बचत फिर्ताको माग दाबी गर्नुभएको छ । तर यी पाँच वटा सहकारीहरूमा वचतकर्ताको ३१ अर्ब ६ करोड रुपैयाँ रहेको हाम्रो रेकर्डमा रहेको छ ।'

साथै, उनले पहिलो चरणमा १० हजारदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालिएको जानकारी दिँदै सहकारी क्षेत्रको नियमन र अनुगमनलाई थप प्रभावकारी बनाइने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077