Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय [सूचीसहित]

यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय [सूचीसहित]

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै निगमको नेतृत्वलाई थप प्रभावकारी र जिम्मेवार बनाउने उद्देश्यका साथ उक्त निर्णय गरिएको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले यससँगै विभिन्न क्षेत्रसँग सम्बन्धित पाँच महत्त्वपूर्ण निर्णयसमेत गरेको छ।

बैठकले बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यसले कृषि क्षेत्रमा गुणस्तरीय बिउ उत्पादन, व्यवस्थापन तथा नियमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनेनिर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। जोखिमपूर्ण उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीको मनोबल बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको सरकारको भनाइ छ।

खेलकुद क्षेत्रलाई प्रोत्साहन दिने क्रममा मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ। सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रतिबद्धताअनुसार प्रतिवेदन कार्यान्वयनलाई अघि बढाउने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077