Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जेनजी आन्दोलनमा सुरक्षाकर्मीलाई कारबाही सिफारिसबारे अध्ययन गर्न सरकारले बनायो समिति

जेनजी आन्दोलनमा सुरक्षाकर्मीलाई कारबाही सिफारिसबारे अध्ययन गर्न सरकारले बनायो समिति

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेपाल सरकार ले ‘जेनजी आन्दोलन’सँग सम्बन्धित सुरक्षा संयन्त्रको भूमिकामाथि गहिरो अध्ययन गर्न विशेष समिति गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा सुरक्षाको व्यवस्थापन, रणनीति र कार्यशैलीको समग्र मूल्यांकन गर्ने उद्देश्यसहित यो निर्णय गरेको हो।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

समितिमा सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेका छन्।

‘जेनजी आन्दोलन जाँचबुझ आयोग’ले सुरक्षा संयन्त्रको भूमिकाबारे छुट्टै अध्ययन आवश्यक रहेको सिफारिस गरेपछि सरकारले सोही आधारमा यो समिति गठन गरेको हो।

समितिले आन्दोलनका क्रममा अपनाइएका सुरक्षा रणनीति, बल प्रयोग, समन्वय र कमीकमजोरीको सूक्ष्म अध्ययन गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077