Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काठमाडौं प्रहरीले तयार पार्‍यो गुण्डागर्दी र अपराधमा संलग्न १८७१ जनाको प्रोफाइल

काठमाडौं प्रहरीले तयार पार्‍यो गुण्डागर्दी र अपराधमा संलग्न १८७१ जनाको प्रोफाइल

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले  गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल तयार पारेको छ ।

शुक्रबार पत्रकार सम्मलेन गर्दै परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रोफाइल तयार पारिएको जानकारी गराएका हुन् । 

कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कारबाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको जनाएको छ । 

जसमा पटके अभियुक्त र अपराधको कसुर अनुसारका फरक–फरक छुट्टयाएर प्रोफाइल तयार पारिएको छ ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ मा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिला पक्राउ परेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । तीमध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत सम्बन्धित देश फिर्ता (डिपोर्ट) गरिएको छ भने बाँकी १० जनाको डिपोर्ट प्रक्रिया जारी रहेको प्रवक्ता भट्टराईले बताए ।

एसपी भट्टराईले २०८२ भदौ २३ र २४ मा हराएका १८५ हतियार बरामद गरिएको पनि जानकारी गराए ।  

उनले भने–‘हामीले आफ्नो सक्रियतामा १८५ हतियार बरामद बरामद गरेका छौँ भने ५२ मानिस पक्राउ गरेका छौँ ।’

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077