Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीको आग्रह

डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीको आग्रह

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, अपराध नहोस् र भइहालेमा व्यक्ति पहिचानमा सहज होस् भनेर अनुरोध गरिएको हो ।

एसपी भट्टराईले  एउटै घरमा डेरामा बसेको चाररपाँच वर्ष भएको हुन्छ । तर त्यो मान्छेले केही अपराध गर्‍यो भने घरधनीलाई सोधपुछ गर्दा केही थाहा हुँदैन भने, ‘कम्तीमा पनि यस्ता घटना नदोहोरिन् भाडामा बस्नेहरुको विवरण राख्न अनुरोध गरेका हौं । 

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका मुख्यमुख्य शहरमा घर भाडामा बसेर लुटपाट, डकैती लगायत आपराधिक गतिविधि गरिरहेको भेटिएपछि मन्त्रालयले आफ्नो घरमा डेरा गरी बस्नेहरुको सम्पूर्ण विवरण अनिवार्य रुपमा राख्न अनुरोध गरिएको एसपी भट्टराईले बताए । 

साथै घरधनीले पुलिस क्लियरेन्स रिपोर्ट पनि माग्न सक्ने एसपी भट्टराईले बताए ।

जसले गर्दा कुनै घटनामा संलग्न नै नभएकाहरु प्रहरीको अनावश्यक सोधपुछमा पर्ने छैनन् ।

सरकारले यसअघि नै उपत्यकाका विभिन्न स्थानमा महँगो रकममा घर भाडामा लिएर अवैध धन्धा चलाएको पाइएपछि यस्तो नियम लागू गरेको थियो ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077