Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा आर्थिक अपराध बढ्यो, एक महिनामा ११६६ मुद्दा दर्ता

काठमाडौंमा आर्थिक अपराध बढ्यो, एक महिनामा ११६६ मुद्दा दर्ता

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चैत महिनामा अपराध नियन्त्रणतर्फ उल्लेखनीय सक्रियता देखाएको छ।

एक महिनाको अवधिमा मात्रै १ हजार १६६ मुद्दा दर्ता भएको तथ्यांकले राजधानीको अपराध अवस्थासँगै प्रहरीको निगरानी पनि कडा बनेको देखाएको हो ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार दर्ता भएका मुद्दामध्ये २१४ जघन्य अपराध, ४६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, ५६४ आर्थिक अपराध र ३४२ अन्य प्रकृतिका रहेका छन्।

सम्पत्ति शुद्धीकरणविरुद्ध पनि प्रहरीको कारबाही तीव्र देखिएको छ। दुई मुद्दामा तीन जनालाई प्रतिवादी बनाउँदै २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

हुण्डी कारोबार नियन्त्रणमा समेत उल्लेखनीय प्रगति भएको छ। चैत महिनामा मात्रै तीन मुद्दामा सात जनालाई प्रतिवादी बनाइएको छ भने करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरी अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट करिब १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्रा कारोबारमा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेको छ।

मानव उद्धारतर्फ पनि प्रहरी सक्रिय देखिएको छ। एक महिनामा हराएका २७३ जनामध्ये १५९ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ।

साइबर अपराध र ठगीका घटना पनि उल्लेखनीय रूपमा देखिएका छन्। कुल २६१ मुद्दामध्ये १०० वटा अनलाइन सपिङका नाममा भएका ठगीसँग सम्बन्धित छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077