Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हसिनाका अन्तिम सहयोगी शाहाबुद्दिनले दिए राष्ट्रपति पदबाट राजीनामा

हसिनाका अन्तिम सहयोगी शाहाबुद्दिनले दिए राष्ट्रपति पदबाट राजीनामा

शुक्रवार , श्रावण ८, २०८३

एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्। 

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उनको राजीनामाको पुष्टि गरेको हो।

अप्रिल २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शाहाबुद्दिनले सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण उत्पन्न राजनीतिक संकटका बीच संक्रमणकालीन अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेपछि अन्तरिम सरकार गठन नहुँदासम्म उनले राष्ट्र प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए।

बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्र प्रमुख भए पनि कार्यकारी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित हुन्छ।

शेख हसिनाका निकट सहयोगी मानिएका शाहाबुद्दिनमाथि पछिल्लो समय बढ्दो राजनीतिक दबाबका बीच सरकारले नै पद त्याग गर्न आग्रह गरेको बताइएको छ।

शाहाबुद्दिनको राजीनामासँगै शेख हसिनाका उच्च सरकारी तहका सबै सहयोगी पदमुक्त भएका छन्। हसिनाको आवामी लिग पार्टीमाथि प्रतिबन्ध लागिसकेको छ भने २०२४ को विद्यार्थी आन्दोलनपछि पार्टीका धेरै नेता–कार्यकर्ता जेलमा छन् वा भूमिगत बनेका छन्।

यद्यपी, शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएको जानकारी राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको छ ।

राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिमा शाहावुद्दिनले भनेका छन्- 'हालै गरिएको स्वास्थ्य परीक्षणबाट मलाई अटोनोमिक न्युरोप्याथी नामक रोग लागेको पुष्टि भएको छ। यसका कारण कहिलेकाहीँ म केही क्षणका लागि चेतनाहीन हुने गर्छु।'

विज्ञप्तिअनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुखले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077