Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बङ्गलादेशमा मतदान केन्द्रमै झडप हुँदा बिएनपी नेताको मृत्यु

बङ्गलादेशमा मतदान केन्द्रमै झडप हुँदा बिएनपी नेताको मृत्यु

बिहिवार , माघ २९, २०८२

एजेन्सी । बङ्गलादेशमा जारी संसदीय निर्वाचनका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

बिबिसीका अनुसार सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्र बाहिर जमात-ए-इस्लामी कार्यकर्तासँग विवाद हुँदा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको हो।

उनी खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव थिए।

निर्वाचन क्षेत्रका बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातका पक्षमा प्रचार गर्न थालेका थिए। त्यस क्रममा कोचीले उनलाई रोकेपछि दुई समूहबीच विवाद सुरू भएको थियो।

 त्यस क्रममा कोचीको स्वास्थ्य अवस्था बिग्रिएको र अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

तर जमातका नेताले हृदयाघात भएर कोचीको मृत्यु भएको दाबी गरेको छ। 

यस्तै मुन्सीगन्ज-३ र गोपालगन्ज सदर क्षेत्रका मतदान केन्द्रबाहिर कच्चा बम प्रहार गरिएको थियो।

मुन्सीगन्ज-३ मा विस्फोटपछि केही समयका लागि मतदान रोकिएको थियो, तर पुनः सुरु भइसकेको छ। गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा दुई जवान र एक १४ वर्षीया बालिका घाइते भएका छन्।

बंगलादेशका ३३ हजार मतदान केन्द्रमा आज बिहानदेखि मतदान जारी छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077