Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बंगलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बंगलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बिहिवार , चैत्र १२, २०८२

एजेन्सी । बंगलादेशको दक्षिण-पश्चिमी जिल्ला राजबारीमा बुधबार साँझ एक यात्रुवाहक बस नदीमा खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ११ महिला, ८ बालबालिका र ४ पुरुष रहेका छन्।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार करिब ४० जना यात्रु बोकेको उक्त बस दौलाडिया टर्मिनलमा फेरीमा ९ठूलो डुङ्गा० चढ्ने क्रममा पद्मा नदीमा खसेको थियो। दुर्घटना स्थानीय समय अनुसार बुधबार साँझ करिब ५:१५ बजे भएको थियो।

सेना, अग्नि नियन्त्रण सेवा प्रहरीलगायतको समूहहरूको संयुक्त उद्धार टोलीले ६ घण्टाको प्रयासपछि बसलाई नदीबाट बाहिर निकालेको थियो। 

बसमा सवार अधिकांश मानिसहरू इदको बिदा मनाएर राजधानी ढाका फर्किरहेका थिए।

करिब ११ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएको र त्यहाँ अझै केही बेपत्ता रहेका बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता रहेकाहरुको खोजि कार्य जारी रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077