Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दोलखामा पहिरो जाँदा एकजना बेपत्ता

दोलखामा पहिरो जाँदा एकजना बेपत्ता

बुधवार , श्रावण ६, २०८३

दोलखा । दोलखामा पहिरोमा परि एक व्यक्ति बेपत्ता भएका छन् ।

आज बिहान २ः३० बजे  गौरीशङ्कर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाईड्रो पावर) को ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका सोही ठाउँ बस्ने ७३ वर्षका तसमान तामाङ बेपत्ता भएका हुन् ।     

पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घरमा समेत पूर्ण रूपमा क्षति पुगेको छ । 

उद्धार र बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल  बिपद् मनसुन प्रतिकार्य बेश सिंगटीबाट बिपद् व्यवस्थापन तालिम प्राप्त सहितको सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077