Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वर्षा र पहिरोले देशभर सडक अवरुद्ध, बागमती र कोशी प्रदेश बढी प्रभावित

वर्षा र पहिरोले देशभर सडक अवरुद्ध, बागमती र कोशी प्रदेश बढी प्रभावित

शनिवार , जेठ २३, २०८३

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकहरू प्रभावित बनेका छन् ।

केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले आज बिहान ९ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बागमती र कोशी प्रदेशका सडक खण्डहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

काठमाडौँ उपत्यकाको सतुङ्गल–चित्लाङ सडक खण्ड गत जेठ १६ गते गएको पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ। मर्मत कार्य जारी रहेकाले यो सडक करिब एक महिनासम्म अवरुद्ध रहने जानकारी दिइएको छ।

त्यस्तै, बागमती प्रदेशअन्तर्गत बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड ९खुरकोट–नेपालथोक–कटुन्जेबेंसी० मा सम्भावित बाढी जोखिमका कारण सवारी आवागमनमा रोक लगाइएको छ। यस्तै, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि इन्द्रसरोवर गाउँपालिकामा मर्मत कार्य भइरहेकाले एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

कोशी प्रदेशमा मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२, दोभान क्षेत्रमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुर नगरपालिका–५, बोखिममा बाढीले सडक क्षति पुर्‍याए पनि वैकल्पिक मार्ग प्रयोग गरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३, नयाँ बस्ती क्षेत्रमा आज बिहान गएको पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

विभिन्न स्थानमा सडक अवरुद्ध र मर्मत कार्य जारी रहेकाले लामो दूरीको यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077