Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनी राष्ट्रपतिले हटाए सेना प्रमुख

युक्रेनी राष्ट्रपतिले हटाए सेना प्रमुख

बुधवार , श्रावण ६, २०८३

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका सेना प्रमुख ओलेक्सान्डर सिर्सकीलाई हटाएका छन् ।

रक्षा मन्त्री मिखाइलो फेडोरोभलाई हटाएको केही दिनमै जेलेन्स्कीले सेना प्रमुख सिर्सकीलाई पनि पदमुक्त गरेका हुन् । 
रक्षा मन्त्रालयलाई आधुनिकिकरण गरेको र भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्दै ३५ वर्षीय फेडोरोभको निकै प्रशंसा भइरहेको थियो।

तर, फेडोरोभ र ६० वर्षीय सेना प्रमुख सिर्सकीबीचको आन्तरिक द्वन्द्वका कारण पछिल्लो समय युक्रेनी राजनीतिमा तरंग पैदा भएको थियो।

सिर्सकीलाई धेरैले सोभियत शैलीको कमाण्डरका रूपमा हेर्ने गरेका थिए, जो सेनामा आमूल परिवर्तन गर्न हिचकिचाउने गरेको आरोप लाग्दै आएको थियो।

जेलेन्स्कीले सिर्सकीको ठाउँमा ४३ वर्षीय जनरल मिखाइलो द्रापातीलाई नयाँ सेना प्रमुख नियुक्त गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077