Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवनमा राति ९ बजेपछि सवारी आवागमन रोक

चितवनमा राति ९ बजेपछि सवारी आवागमन रोक

आइतवार , आश्विन १९, २०८२

चितवन । अविरल वर्षा रोकिए पनि पहिरोको जोखिम कायम रहेकाले चितवनमा राति ९ बजेपछि राजमार्गमा सवारी साधन चलाउन निषेध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वर्षाको सम्भावना र भू–स्खलनको जोखिम सोमबारसम्म रहने भएकाले आइतबार पनि रातको ९ बजेपछि गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

‘राति ९ बजेभित्रै चितवन क्षेत्रभित्रका सबै गाडी आउजाउ भइसक्नुपर्ने छ,’ प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले भने, ‘त्यसपछि आउने वा बाहिरिने बाँकी गाडीहरूलाई पहिरो सम्भावित क्षेत्रभन्दा बाहिरका सुरक्षित स्थान (सेफ्टी होल्डिङ स्पेस) मा राखिने व्यवस्था गरिएको छ।’

यसअघि साँझ ६ बजेभित्र गाडी सञ्चालन बन्द गर्ने निर्णय भए पनि परिस्थितिलाई मध्यनजर गर्दै समय परिमार्जन गरी ९ बजे बनाइएको हो। मौसम र सडकको अवस्थाअनुसार गाडी सञ्चालनबारे थप निर्णय लिइने प्रहरीको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077