Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाढीपहिरोले देशभरका यी मुख्य राजमार्ग अवरुद्ध [सूचीसहित]

बाढीपहिरोले देशभरका यी मुख्य राजमार्ग अवरुद्ध [सूचीसहित]

बुधवार , श्रावण ६, २०८३

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक बन्द र केहीमा राति सवारी निषेध

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध हुँदा लामो दूरीको यातायात प्रभावित बनेको छ।

नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडक खण्डहरूमा पहिरो र बाढीका कारण कतै पूर्ण रूपमा यातायात ठप्प भएको छ भने कतै एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनसमेत रोकिएको छ। प्रहरीले यात्रु तथा चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।

कोशी प्रदेशमा इलामको मेची राजमार्ग (राजदुवाली खण्ड) पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। पाँचथरको राँके–रवि–भेडेटार सडक पनि अवरुद्ध छ। भोजपुर र खोटाङ जोड्ने मध्यपहाडी लोकमार्ग भने पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा जोखिम बढेपछि विपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ। त्यस्तै, कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्गको जिरोकिलो–कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ भने रसुवाको पासाङ ल्हामु राजमार्ग एकतर्फी सञ्चालनमा छ।

गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक पूर्ण रूपमा बन्द छन्। कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) पनि पहिरोका कारण अवरुद्ध बनेको छ।

प्रहरीका अनुसार प्रभावित स्थानहरूमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहे पनि निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण काममा कठिनाइ भइरहेको छ।

May be an image of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077