Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

बाढी र अविरल वर्षाले देशका यी मुख्य राजमार्गहरू अवरुद्ध

बाढी र अविरल वर्षाले देशका यी मुख्य राजमार्गहरू अवरुद्ध

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । लगातारको वर्षा र त्यससँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा यातायात आंशिकदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ ।

नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी र पहिरोका कारण मुख्य राजमार्गहरूमा आवागमन प्रभावित भएको हो। केही स्थानमा सडक एकतर्फी सञ्चालनमा आएको छ भने कतिपय क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा असार १२ गते आएको बाढीपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्गसमेत सञ्चालनमा रहेको छ।

यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि निरन्तरको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ। सो क्षेत्रमा वैकल्पिक सडकमार्फत सवारी आवतजावत भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षा अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम कायम रहेको भन्दै अत्यावश्यक बाहेकका यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077