Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित पाँचौँ  United Nations Chiefs of Police Summit (UNCOPS) 2026  मा सहभागी भई नेपाल फर्किएका छन्।

उनको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा विश्वभरका प्रहरी संगठनबीच सहकार्य, शान्ति स्थापना तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा आयोजित विभिन्न छलफलमा सहभागिता जनाएको थियो।

महानिरीक्षक कार्कीसँगै सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल पनि स्वदेश फिर्ता भएका छन् ।

आईजीद्ववय असार २१ मा युएन (संयुक्त राष्ट्रसङ्घ) को प्रधान कार्यालयमा आयोजित प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।

युएनका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलन जुलाई ७ देखि ९ सम्म भएको थियो ।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अन्य वरिष्ठ अधिकृतहरूले महानिरीक्षक कार्कीसहितको प्रतिनिधिमण्डललाई औपचारिक स्वागत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077