अछाम । अछाममा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ का २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनी कालीकोटकी १७ वर्षीया किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा मंगलवार दिउँसो पक्राउ परेका हुन् ।
घटना भएको केहि घण्टामै युवकलाई पक्राउ गरिएको बताइएको छ । कालीकोटकी ती किशोरी अछाममा घुम्नका लागि आएकी थिइन्।
प्रहरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।