काठमाडौं । विभिन्न माग राख्दै विद्यार्थीहरूले बुधबार बिहान सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सरकारले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै जनताको अधिकारको सम्मान गर्न माग गरेका छन् ।
प्रदर्शनमा अनेरास्ववियुका नेता दीपक धामीको नेतृत्वमा विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गरिब जनतालाई तर्साउन पाइँदैन’, ‘जनतालाई बाँच्न दे’, ‘राज्य आतंक बन्द गर’, ‘हत्या–हिंसा अन्त्य गर’, ‘लिपुलेक हाम्रो हो’ तथा ‘सिंहदरबारमा बसेर कुशासन गर्न पाइँदैन’, ‘यो सरकार जनताको कि विदेशीको हो ?’ जस्ता नाराहरू लगाएका थिए।
प्रदर्शनका कारण केहीबेर सिंहदरबार आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।