Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक पूर्ण र आंशिक अवरुद्ध

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक पूर्ण र आंशिक अवरुद्ध

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भएको छ।

सबैभन्दा बढी असर बागमती प्रदेशमा परेको छ। मकवानपुरस्थित कान्ति लोकपथको भीमफेदी र हेटौँडा–ठिङ्गन खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी–कोदारी खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको उच्च जोखिमका कारण सवारी आवागमन रोकिएको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग र उदयपुरको कटारी खण्डस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। मेची राजमार्गका लागि भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। भोजपुरमा पर्ने मध्यपहाडी लोकमार्ग बाढीको प्रभावका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक पहिरोले पूर्ण रूपमा बन्द भएको छ। गुल्मीको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशको कास्कीस्थित नयाँपुल–घान्द्रुक सडक तथा बागलुङमा पर्ने मध्यपहाडी लोकमार्गका केही खण्डमा पहिरो खस्दा सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट–डोल्पा सडक पनि पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

747777978_1064990632737263_1803811237367259225_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077