Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

बाढी–पहिरोको असर : पाँच प्रमुख राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

बाढी–पहिरोको असर : पाँच प्रमुख राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा पाँच प्रमुख राजमार्ग प्रभावित भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण अवरोध उत्पन्न भए पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

यता, इलाम नगरपालिका–९ राजदुपालीस्थित मेची राजमार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहे पनि वर्षा निरन्तर भइरहेकाले काममा कठिनाइ भइरहेको जनाइएको छ।

सिन्धुलीस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटेन्जेबसी सडकखण्डमा सम्भावित बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा असार २२ गतेदेखि नै सवारी आवागमन बन्द गरिएको छ।

त्यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–५ भर्‍याडाँडास्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कास्कीको मादी गाउँपालिका–२ ज्याम्दो क्षेत्रमा पनि पहिरो खस्दा पोखरा–ताङतिङ सडकखण्ड अवरुद्ध भएको छ। सम्बन्धित निकायले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।

प्रहरीले निरन्तर वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम अझै कायम रहेको भन्दै अत्यावश्यकबाहेक लामो दूरीको यात्रा गर्दा सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

May be an image of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077