Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

बाढीपहिरोले देशभर ७ सडक पूर्ण अवरुद्ध, ४ एकतर्फी

बाढीपहिरोले देशभर ७ सडक पूर्ण अवरुद्ध, ४ एकतर्फी

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशभरका विभिन्न स्थानमा सडक सञ्जाल प्रभावित भएको छ।

आइतबार बिहान ८ः३० बजेसम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

सबैभन्दा बढी असर बागमती प्रदेशमा परेको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्ड सम्भावित बाढीको जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ।

मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य भइरहेकाले सवारी आवागमन रोकिएको छ। उक्त सडक साउन २५ गतेसम्म बन्द रहने जनाइएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

गण्डकी प्रदेशमा कास्कीको पोखरा–२२ क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डबाट भने पहिरो हटाएपछि सवारी सञ्चालन पुनः सुचारु गरिएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा रहेको घोराही–रुकुम शहीद मार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा पर्ने जयपृथ्वी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

11

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077