Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाढी-पहिरोको क्षति : तीन अर्ब ७८ करोड बिमा दाबी

बाढी-पहिरोको क्षति : तीन अर्ब ७८ करोड बिमा दाबी

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बिमा कम्पनीहरूमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कूल ४३४ वटा बिमा दाबीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमा ३८२, इन्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बिमा २०९, मोटर बिमा निजीतर्फ ३७, मोटर बिमा सार्वजनिक १०, अन्य बिमा एक र सामुद्रिक बिमाका तीन वटा आवेदन परेको छ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बिमा दाबीको आवेदन परेको छ। सबैभन्दा बढी १९७ वटा बिमा दाबीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतहटमा २८ वटा बिमा दाबीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बिमा दाबीको आवेदन परेको छ। यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बिमा दाबीको आवेदन परेको थियो।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बिमा कम्पनीमा बिमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बिमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बिमा दाबीको आवेदन परेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077