काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।