काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ६ हजार दुई सय रुपैयाँले बढेर तोलामा २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८० रुपैयाँले बढेर चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी तोलामा चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।