काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको हो ।
जसअनुसार सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार ९असार १४० छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।