Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

संसदीय प्रक्रिया र अभ्यासबारे सांसदहरूलाई प्रशिक्षण दिँदै संसद सचिवालय

संसदीय प्रक्रिया र अभ्यासबारे सांसदहरूलाई प्रशिक्षण दिँदै संसद सचिवालय

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका २७५ जना सांसदहरूलाई प्रशिक्षण दिएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २१ फागुनको निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरुले संसदीय प्रक्रिया र अभ्यासबारे पर्याप्त जानकारी नहुँदा सदनमा अपरिपक्वता देखाउने गरेका छन् । कतिपय सांसदहरू नियमबारे जानकार नहुँदा प्रक्रिया मिच्ने गरेका छन् । 
 
त्यसैले संसदीय आधारभूत प्रक्रिया र अभ्यासबारे अवगत गराउन संसद सचिवालयको संसदीय प्रशिक्षण शाखाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

उक्त प्रशिक्षण कार्यक्रमले सांसदहरुलाई संसदको आधारभूत प्रक्रिया र अभ्यासबारे अवगत गराउने विश्वास संसद सचिवालयले लिएको छ । 

सचिवालयका अनुसार आज विहान १० देखि सुरु भएको प्रशिक्षण अपराह्न ४ बजेसम्म चल्नेछ भने भोलि ११ देखि ३:३० बजेसम्म चल्ने छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077