Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संघीय संसद् सचिवालयको ट्रेड युनियन खारेज

संघीय संसद् सचिवालयको ट्रेड युनियन खारेज

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । संघीय संसद् सचिवालय अन्तर्गतको कर्मचारी युनियन कानुनी रूपमा अस्तित्वमा नरहेको जानकारी सार्वजनिक गरिएको छ।

संघीय संसद सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गर्दै ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएका हुन्।

'केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ सालको अध्यादेश नं. ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ रहेको व्यवस्था संशोधन गरेपश्चात् संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेका संघीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको जानकारी गराइन्छ,' सूचनामा भनिएको छ ।

सरकारले केही दिन अगाडी अध्यादेशमार्फत ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको थियो। संघीय संसद् सचिवालयसम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो।

मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हक हितको लागि एउटा कर्मचारी युनियन गठन गर्न सक्ने व्यवस्था थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077