Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

राष्ट्रपतिद्धारा संसदको दुवै सदनका अधिवेशन स्थगित

राष्ट्रपतिद्धारा संसदको दुवै सदनका अधिवेशन स्थगित

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन विशेष कारण देखाउँदै स्थगित गरेका छन् ।

यससअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

तर विशेष कारणले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो । 

सोही आधारमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले बोलाइएको अधिवेशन स्थगित गरेका हुन् ।

'सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ः०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्‍वान हाललाई स्थगित गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयले भनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077