Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

४३ देशका लागि संसदीय मैत्री समूह गठन, रास्वपालाई भारत–चीन–अमेरिकाको नेतृत्व

४३ देशका लागि संसदीय मैत्री समूह गठन, रास्वपालाई भारत–चीन–अमेरिकाको नेतृत्व

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । संघीय संसद्ले नेपालसँग कूटनीतिक सम्बन्ध रहेका ४३ देशका लागि संसदीय मैत्री समूह गठन गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार राजनीतिक दलहरूबीच भएको भागबण्डाका आधारमा विभिन्न देशका लागि मैत्री समूहको नेतृत्व टुंग्याइएको हो।

गठन गरिएका मैत्री समूहमध्ये नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी बासना थापा ले पाएकी छन्। उक्त समूहको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको हो।

त्यसैगरी, रणनीतिक रूपमा महत्वपूर्ण मानिएका नेपाल–भारत, नेपाल–चीन र नेपाल–अमेरिका संसदीय मैत्री समूहको नेतृत्व भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले पाएका छन्।

यसअनुसार विपीन आचार्य नेपाल–भारत संसदीय मैत्री समूहका संयोजक नियुक्त भएका छन् भने गणेश पराजुली ले नेपाल–चीन मैत्री समूहको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै, निशा डाँगी लाई नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजक बनाइएको छ।

नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका विभिन्न मुलुकसँग संसदीय तहमा सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा संसदीय सहकार्यलाई सुदृढ बनाउन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू सम्मिलित यस्ता मैत्री समूह गठन गर्ने अभ्यास रहँदै आएको छ।

कहाँ कसले पाए जिम्मेवारी ?

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077