Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

रास्वपालाई वर्षमान पुनको चेतावनी - आगोसँग खेल्ने काम नगर्नू

रास्वपालाई वर्षमान पुनको चेतावनी - आगोसँग खेल्ने काम नगर्नू

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयतासम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’, ‘असान्दर्भिक’ र जनमतविपरीत भएको टिप्पणी गरेका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले निर्वाचनका बेला संघीयता सुदृढ गर्ने प्रतिबद्धता जनाएको रास्वपाले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेज गर्ने प्रस्ताव अघि सार्नु जनताको विश्वासमाथिको धोका भएको बताए।

उनले रास्वपाभित्र वैचारिक स्पष्टताको अभाव रहेको दाबी गर्दै पार्टी नेतृत्वकै धारणा एक–अर्कासँग बाझिएको उल्लेख गरे।

उनका अनुसार सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिए पनि उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको एजेन्डा आउनुले पार्टीभित्र दुई फरक धार वा राजनीतिक अपरिपक्वता उजागर गरेको छ।

पुनले संघीय लोकतान्त्रिक व्यवस्था हजारौँ नागरिकको बलिदान र लामो राजनीतिक संघर्षबाट स्थापित भएको स्मरण गराउँदै त्यसलाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077