Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कृषिमन्त्री गीता चौधरी थाइल्यान्ड प्रस्थान, उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

कृषिमन्त्री गीता चौधरी थाइल्यान्ड प्रस्थान, उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी थाइल्यान्ड प्रस्थान गरेकी छन् ।

थाइल्यान्डको राजधानी ब्याङककमा सोमबारदेखि आयोजना हुने वातावरण तथा दिगो विकास सम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन उनी आज त्यहाँ प्रस्थान गरेकी हुन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार यही जुन २९ देखि जुलाई ३ सम्म ५ दिने सम्मेलनका क्रममा भोलि सोमबार आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूची बीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्व सम्मेलनको उच्चस्तरीय सत्र’मा उनी सहभागी हुनेछिन् ।

सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ । 

साथै, उनी ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा सहभागी हुनेछिन् ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी दिनेछिन् । 

मन्त्रिपरिषद्को २९ जेठको निर्णयानुसार मन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । यस भ्रमणमा मन्त्री चौधरीका साथमा मन्त्रालयका सहसचिव (प्राविधिक) डा. राजेन्द्र केसी पनि सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077