Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषिमन्त्री चौधरी

१ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषिमन्त्री चौधरी

बुधवार , जेठ १३, २०८३

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएकी छन् ।

चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको बताउँदै उनले आजको प्रतिनिधिसभा बैठकमा यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको जानकारी गराएकी छन् । 

बैठकलाई सम्बोधन गर्दै उनले भनिन्–‘गोदाममा रहेको, नेपाल भित्रिसकेको र गोदममा इन्ट्री हुन बाँकी रहेको गरेर हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्जाद रहेको छ ।’

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको जानकारी गराउँदै उनले मध्यपूर्वको द्वन्द्वका कारण रासायनिक मल आर्पुितमा समस्या भएको बताइन् । 

उनका अनुसार एक लाख ८७ हजार मेट्रिक टन मल आयात हुन सकेको छैन । भारतसँग जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर अगाडि बढाइएको पनि उनले बताइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077