Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

आज चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज चिया उद्योगी तथा व्यवसायीहरूसँग भेटवार्ता गर्दै चिया उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार छलफलमा चिया उत्पादन, निर्यात, बजार विस्तार तथा उद्योगले भोगिरहेका चुनौतीबारे उद्योगीहरूको धारणा सुन्ने र आवश्यक नीतिगत सहजीकरणबारे विचारविमर्श हुनेछ।

छलफलमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी स्टेट, हिमालयन सांग्रिला चिया उद्योग र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। चिया निर्यातमा देखिएका समस्या र उद्योग सुधारका विषय पनि बैठकको मुख्य एजेन्डा रहने जनाइएको छ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा विभिन्न व्यवसायी र उद्योगीहरूसँग भेट गर्दै आएका छन् ।

यसअघि  नेपाल हस्तकला महासंघ, नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारी, पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गरिसकेका छन् ।

त्यसअघि प्रधानमन्त्री बालेनले नेपाल जुत्ता उत्पादक संघ, महिला उद्यमी महासंघ, होटल एसोसिएसन नेपाल ९हान०का पदाधिकारी, ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी छलफल गरेका थिए ।

यसअघि भएका यस्ता भेटघाटमा अर्थमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू भने सहभागी भएका थिएनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077