Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णालीमा अविश्वास प्रस्तावलाई नेकपाको साथ, मुख्यमन्त्री कँडेलविरुद्ध मतदान गर्ने

कर्णालीमा अविश्वास प्रस्तावलाई नेकपाको साथ, मुख्यमन्त्री कँडेलविरुद्ध मतदान गर्ने

बिहिवार , श्रावण ७, २०८३

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एमाले नेतृत्वको सरकारलाई निरन्तरता नदिने निर्णय गरेको छ। 

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको हो।

यसअघि ३१ साउनमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएपछि कांग्रेसका पाँच र नेकपाका ११ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै असार ३२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिएको हो।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र सांसद छन् ।

नेकपाको पछिल्लो निर्णयसँगै मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार संकटमा परेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077