काठमाडौं। शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्नै पाँच जना युवाहरू पक्राउ गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री पोख्रेलविरुद्ध प्रदर्शन गरेपछि उनीहरु पक्राउ परेका हुन्।
शिक्षामन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थलबाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए।
उनीहरूले आफ्ना माग उल्लेख गरिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
प्रहरीले कार्यक्रमको सुरक्षा र शान्ति व्यवस्था कायम राख्नका लागि प्रदर्शनमा सहभागी पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ।