Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३७ वटा पासपोर्ट बोकेर दिल्ली जान लागेका श्रेष्ठ एयरपोर्टमा समातिए

३७ वटा पासपोर्ट बोकेर दिल्ली जान लागेका श्रेष्ठ एयरपोर्टमा समातिए

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट) सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१३ का ३८ वर्षीय अजित श्रेष्ठ रहेका छन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका थिए । सोही क्रममा उनको साथबाट ठूलो संख्यामा पासपोर्ट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली जान लागेका थिए ।  कुनै पनि आधिकारिक स्वीकृती एवं पत्र नलिई रोमानियाको भिसा लगाउने भनेर ३७ थान नेपाली राहदानीसहित उनी त्यसतर्फ जान लागेका थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077