Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

नेपाल प्रवेश गर्न खोजेका अमेरिकी विशेष कमाण्डो भारत–नेपाल सीमामा पक्राउ

नेपाल प्रवेश गर्न खोजेका अमेरिकी विशेष कमाण्डो भारत–नेपाल सीमामा पक्राउ

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । उत्तर प्रदेशको महाराजगञ्जस्थित भारत–नेपाल सीमा नजिकै एक अमेरिकी नागरिक पक्राउ परेका छन् । 

भिसा बिना अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका उनले आफूलाई अमेरिकी नौसेना र विशेष बलका पूर्व सिपाही भएको दाबी गरेका थिए। 

प्रहरीले अब उनको वास्तविक पहिचान र दाबीहरूको अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

पक्राउ परेका अमेरिकी विशेष बलका अधिकारीको पहिचान ३६ वर्षीय जोर्डन ब्राउनको रूपमा गरिएको छ। 

उनले आफूलाई अमेरिकाको क्यालिफोर्नियाको बासिन्दाको रूपमा चिनाएका थिए। उनी गोप्य रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको बेला भारतीय सुरक्षाकर्मीले रोकेका थिए।

ब्राउनलाई पक्राउ गरी जेल चलान गरिएको छ भने नयाँ दिल्लीस्थित अमेरिकी दूतावासलाई समेत यस घटनाबारे औपचारिक जानकारी गराइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

अधिकारीहरूका अनुसार जोर्डन ब्राउन भारतको बेंगलुरुबाट सुनौली सिमानासम्म आइपुगेका थिए र लुकिछिपी नेपाल सीमा पार गर्ने दाउमा थिए। एसएसबीका जवानहरूले उनलाई प्रमाणिकरणका लागि रोक्न खोज्दा उनले भाग्ने प्रयास गरेका थिए। यद्यपि, सुरक्षाकर्मीहरूले लखेटेर उनलाई नियन्त्रणमा लिएका थिए। 

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा स्थानीय बासिन्दाहरूको भीडका बीच एसएसबीका जवानहरूले ब्राउनको खुट्टामा डोरी बाँधेर लैजाँदै गरेको देखिन्छ। खानतलासीका क्रममा उनको साथबाट ३१,४६० भारतीय रुपैयाँ नगद र दुईवटा मोबाइल फोन बरामद भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार महाराजगन्जका एएसपी सिद्धार्थले ब्राउन सन् २०२५ को नोभेम्बरमा समुद्री मार्गबाट भारत प्रवेश गरेको र त्यसबेलादेखि गोवामा बस्दै आएको जानकारी दिए।

पुलिस मिडिया सेलद्वारा जारी भिडियोमा एएसपी सिद्धार्थले भने–‘जुलाइ ११ मा एसएसबीले सुनौली नजिकै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गर्‍यो। सोधपुछका क्रममा उनले आफू टुरिस्ट भिसामा थाइल्यान्ड गएको र त्यहाँ उनको पासपोर्ट हराएको बताए। त्यसपछि उनी समुद्री मार्गबाट श्रीलंका पुगे र २ नोभेम्बर २०२३ मा समुद्रकै बाटो भएर भारत छिरे। त्यसयता उनी गोवामा बस्दै आएका थिए।’ – एजेन्सी

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077