काठमाडौं । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्।
आदित्यलाई काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए।
प्रहरीले सम्बन्धित कार्यमा खोजबिन गर्दा मन्त्रालयसँग सम्बन्धित नै नभएको खुलेपछि सिंह पक्राउ परेका हुन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।