पोखरा । गत वर्ष भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदी लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महाहनगरपालिका–१५, नयाँगाउँका ३३ वर्षीय नरेश गुरुङ छन् ।
शनिबार बिहान करिब ३ बजे पोखरातर्फ आउँदै गरेको सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट ६ ग्राम ब्राउनसुगर र एकथान मोबाइल बरामद गरिएको थियो ।
त्यससँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङ यसअघि पनि लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन् ।
उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।