Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images
कैदीबन्दीको रकम असुली प्रकरण

अभिषेक गिरी पक्राउपछि मोरङ कारागारका नाइकेको पनि लिइयो बयान, सरुवा नगर्न भन्दै नाराबाजी

अभिषेक गिरी पक्राउपछि मोरङ कारागारका नाइकेको पनि लिइयो बयान, सरुवा नगर्न भन्दै नाराबाजी

शनिवार , आषाढ १३, २०८३

विराटनगर । कैदीबन्दीसँग सरकारी भत्ता र श्रमबाट कमाएको रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका स्थानीय नेता तथा मोरङ कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारभित्र तनाव सिर्जना भएको छ ।

गिरीसँग मिलेमतो गरेको आशंकामा वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएपछि कैदीबन्दीहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शनिबार बिहान विराटनगर–८, मधुमारास्थित गिरीको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो।

त्यसलगत्तै प्रहरीले कारागारका नाइके यादवलाई पनि बयानका लागि प्रहरी कार्यालय बोलाएपछि कैदीबन्दीहरू आन्दोलित बनेका हुन् ।

कैदीबन्दीहरूले 'गिरीलाई कानुनअनुसार कारबाही गर, तर यादवलाई सरुवा नगर' भन्दै विरोध प्रदर्शन गरेका थिए। कारागारभित्र अवस्था तनावपूर्ण बनेपछि प्रहरीले यादवलाई पुनः कारागारमै फर्काएर त्यहीँ बयान लिन थालेको छ।

गिरीले कारागारका नाइके राकेश यादवसँगको मिलेमतोमा कैदीबन्दीको भत्ता र श्रमबाट प्राप्त रकम आफ्ना सहयोगीहरूको बैंक खातामा पठाउन लगाएर असुल्ने गरेको आशंका छ ।

पक्राउ परेका गिरी हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077