Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको खानतलासी

कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको खानतलासी

शनिवार , आषाढ १३, २०८३

विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर–८, मधुमारास्थित गिरीको घरमा शनिबार छापा मार्दै विस्तृत खोजतलास गरेको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार गिरीको घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको हो।

यद्यपि, शङ्कास्पद वस्तु के हो वा कुन प्रकृतिको सूचनाका आधारमा छापा मारिएको हो भन्ने विषयमा प्रहरीले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।

खानतलासीका क्रममा प्रहरीले गिरीको घर अगाडि पार्किङ गरिएका सेतो र कालो रङका दुईवटा कार समेत जाँच गरेको छ। ती दुवै सवारीसाधन गिरीले प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ । हालसम्म खानतलासीबाट के–कस्ता सामग्री बरामद भए भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077